Tuesday, December 10, 2024

केहि सपना तथा तिनीहरुको फलहरु

काठमाडौं, १ पुस । सपनाले भविष्यमा हुनेवाला राम्रो–नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं ।

प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ ।

सपनाको संसार ज्यादै नै रोचक हुन्छ । पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सीमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ ।

यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ । विशेष गरी राम्रो तथा नराम्रो फल दिने स्वप्नाको बारेमा सबै जनासँग भन्नु हुँदैन, आफ्नो नजिकको व्यक्तिसँग भने फरक पर्दैन ।

यदि आफूलाई त्यस सपनाको फल नराम्रो हुन्छ कि भन्ने लागेमा आफ्नो गुरु पुरोहित तथा आमा बुबासँग पनि सल्लाह लिन सकिन्छ कुन सपना देख्दा कस्तो फल मिल्छ ?

१. आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु – दुःख पाउने
४. मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु – अन्न महंगो हुनु
६. बाख्रा देख्नु – शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु – विरामी हुने डर

९. पुरी खाएको देख्नु – खुशीको समाचार आउनु
१०. तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु – समस्यामा पर्नु
१३. हरियालीपूर्ण जंगल देख्नु – खुशीयाली आउनु
१४. आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु – धन प्राप्त हुनु
१७. झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु – धन नाश हुनु
२४. धुँवा देख्नु – व्यापारमा हानी
२५. भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु – आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु – धन नाश हुनु
३४. समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग

३५. गोबर देख्नु – पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु – समस्या बढ्नु
३७. मरेको मानिस देख्नु – रोगबाट मुक्त
३८. गरगहना देख्नु – कार्य पूर्ण हुनु
३९. जुवा खेलेको देख्नु – व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ ।
४१. चील देख्नु – शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु – धन प्राप्त हुनु
४३. कैची देख्नु – घरमा झैझगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु
४५. काग देख्नु – कसैको मृत्युको समाचार आउनु
४६. कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु – भाग्य चम्कनु
५०. कुहिएको फलफुल पाउनु/खानु - आत्मिएतामा बृद्धि
५१. मोती देख्नु – छोरी पाउने योग
५२. गाडेको धन देख्नु –अचानक धन लाभ हुनु
५३. झरना देख्नु – दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु
५५. कुवामा पानी देख्नु – धन लाभ
५६. सुन्दर स्त्री देख्नु – प्रेममा सफलता
५७. खुकुरी देख्नु – संकटबाट मुक्ति
५८. चन्दन देख्नु – शुभ समाचार आउनु
५९. नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु – स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु – जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु – शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग
६५. तिर्खा लाग्नु – लोभ बढ्नु

एजेन्सी 

Sunday, November 20, 2016

नेपाली फुटबल विकासका लागि गर्ने पर्ने केहि कामहरु

भनिन्छ फलाम तातेको वेलामा नै यसलाइ आकार दिन सजिलो हुन्छ। नेपाली फुटबल पनि अहिले तातेको छ। खेलाडि प्रशिक्षक व्यवस्थापनको मनोबल उच्च छ। लामो निराशा पछि एक पछि अर्को गर्दै नयाँ नयाँ उपलब्धि नेपाली फुटबलले प्राप्त गरिरहेको छ। यो नेपली फुटबलको विकास गर्ने एक सुनौलो मौका हो ।

यहि बेला एन्फाले २ दशकमा नयाँ नेतृत्व पनि पाएको छ। नवनिर्वाचित नेतृत्वले गरेर देखाउने वेला र मौकाका रुपमा यसलाइ लिन सक्ने सुअवसर समेत छ।

एन्फाले अब के कस‍्तो रणनितिसाथ अघि बढ्नु पर्ला ?यस बारे केहि अत्यावश्क कामबारे यहाँ चर्चा गर्न चाहान्छु ।

तत्काल सुरु गर्न सकिने र गर्न पर्ने केहि अल्पकालिन योजनाहरु/रणनितिहरु
१ सर्वप्रथम फुटबल विवादको अन्त्य गर्ने । जसले एएफसि र फिफाबाट हुने सहयोगमा बढोत्तरि हुनेछ र अन्तराष्ट्रिय कारवाहिको भागिदार हुनबाट बच्ने छ।

२ राष्ट्रिय लिगको निरन्तरताको लागि आर्थिक व्यवस्थापकिय खेल राजनितिका मामिलामा एन्फा सधै अग्रसर हुनु आवश्यक छ। विशेष गरि क्लवको आर्थिक सुरक्षाको जिम्मा एन्फाले लिनु पर्दछ।

३ वि डिभिजन लिग र सि डिभिजन लिगको फर्म्याट बदली यसमा सके सम्म मोफसलका टिम सहभागि हुन पाउने गरि तयार गर्नु पर्दछ।
४ अब नेपालको फुटबल संरचना पनि संघियतामा ढाल्दै प्रदेशिय लिग र एक राष्ट्रिय लिगको संरचनामा जानु पर्दछ।

५ निरन्तर अभ्यासको लागि एसियाली स्तरका दोस्रो दर्जाका राष्ट्रहरु जस्तै ओमान, इराक, जोर्डन, बहराइन,उज्वेकिस्तान, मलेसिया, इन्डोनेसिया हङकङ जस्ता टोलिसँग मैत्रिपुर्ण फुटबलको लागि एन्फाले एएफसि फिफासँग पहल कदमि चाल्नु पर्ने देखिन्छ।

६ ए डिभिजन क्लवका खेलाडिहरुलाइ क ख ग र घ बर्गमा विभाजन गरि सेवा सुविधा स्पष्ट पार्नु पर्दछ। वर्गिकरणको लागि स्पष्ट मापदण्ड तयार पार्न तत्काल विशेषज्ञहरुको समिति गठन गर्नु पर्दछ।

७ विद्यालय स्तरिय प्रतियोगिता संचालन गरि फुटबललाइ लोक प्रिय गराउन सहयोग गर्नु पर्दछ।

८ खेल च्यानल स्थापनार्थ आवश्यक पहल गर्नु पर्दछ।

केहि दिर्घकालिन एवं महत्वकांक्षि योजनाहरु
१ सात प्रदेशमा एक एक वटा ठुला प्रतियोगिता आयोजना गर्न मिल्ने प्रदेशिय लिग संचालन गर्न सकिने बहुउदेश्यीय रंगशाला  निर्माण गरिनु पर्दछ।
२ खेलकुद विश्वविद्यालयको अवधारणालाइ मुर्त रुप दिन आवश्यक निकायसँग समन्वय गरि स्थापना गर्न अगाडि बढ्नु पर्ने ।
३  प्रत्यक प्रदेशमा एक एक वटा फुटबल आवाशिय एकेडिमि स्थापना गरि एन्फाले खेलाडि उत्पादनमा जोड दिनु पर्दछ।
४ नेपालमा नेपाली फुटबल फ्यानहरुको  फुटबल प्रतिको लगावलाइ नेपाली फुटबल विकासमा प्रयोग गर्न सकिन्छ जस्तै विभिन्न अवार्डहरु आयोजना उनीहरुकै रुचिका आधारमा गरेर, आन्तरिक खेल पर्यटनको विकास गरेर, आर्थिक भाैतिक सहयोग पनि फुटबल समर्थकबाट पाउन सकिन्छ।

निर्धारण गर्न पर्ने भावि लक्ष्यहरु
अव नेपाली फुटबलले एक युगको अन्त्य गरि अर्को युगमा प्रवेश गर्ने गरेको अवस्थामा आगामि लक्ष्यलाइ पनि उपर्युक्त भिजन सहित नयाँ परिभाषा दिनु जरुरि छ। निम्न लक्ष्य भावि लक्ष्यको रुमा राख्न सकिन्छ।

१ साफ च्यान्पिएनसिपमा भारत मालदिभ्स अफगानिस्तान भन्दा राम्रो प्रदर्शन गरि च्यान्पीएन बन्ने ।
२ फिफा र्‍याङ्किङमा १००-१२० सम्मको स्थान हासिल गर्ने ।
३ कम्तीमा एसियाका मध्यम स्तरका टोली जस्तो मलेसिया ओमान हङकङ इराक सिंगापुर थाइल्यान्ड जस्ता टोलिसँग बराबरि सम्म गर्ने क्षमता विकास गर्ने ।




Saturday, November 19, 2016

नेपाली फुटबलमा थापा युग र पोष्ट थापायुग

अब नेपाली फुटबलको आधुनिक कालखण्डको सफा तरिकाले दुइ भागमा विभाजन भयोः एक गणेश थापा युग र अर्को पोष्ट गणेश थापा युग ।
नेपाली फुटबलमा खेलाडिका रुपमा र प्रशासकको रुपमा तिन दशक भन्दा बढि समय राज गरेका गणेश थापाको विदाइ निकै दुखद तरिकाले भयो।खेलाडिका रुपमा गणेश थापाले निकै समय योगदान गरे । पछि खेल राजनितिमा लागे र नेपाली फुटबलमा एकछत्र राज गरे । नेपाली फुटबलमा धेरै सकारात्मक परिवर्तन पनि ल्याएको देखियो। विस २००४ मा नेपालमा आयोजना भएको एएफसि प्रसिडेन्टकप पछि नेपालमा फुटबल व्यावसायीकरण भएको मानिन्छ। स्थगित भएको राष्ट्रिय लिग सुचारु भयो। फुटबलमा लगानी बढ्यो, खेलाडिको तलव सुविधा बढ्यो । यसको केहि श्रेय गणेश थापालाइ पनि गयो । तर नेपाली राष्ट्रिय फुटबल टोलिको नतिजा भने दिनानुदिन खस्कदै गयो। गणेश थापाको राज जे जस्तो भए पनि चल्दै थियो। मिडियामा आफ्नो राम्रो डिफेन्स गर्न सक्ने खुविले उनी विरुद्ध कोहि पनि जान सकिरहेका थिएनन। तर गत वर्ष नेपाली फुटबल समर्थक एका एक छाँगाबाट खसे जस्ता भए जव कप्तान सागर थापा सहित ५ खेलाडि खेल मिलेमतोको आरोपमा प्रहरिद्धारा गिरफ्तार भए। कल्पनै नगरेको,सोच्नै नसकिने, माफि दिनै नसकिने गल्तिको पर्दाफास जव भयो त्यस पछि गणेश थापाको पतन सुरु भयो । खेलाडि सँग सँगै उनी पनि निलम्बितमा परे । अन्तत पाप धुरिबाट करायो नै।उनी खेलाडि हुँदा वा एन्फाको अद्यक्ष हुँदा नेपालले न कुनै उपाधि जित्यो न खेल नै सुध्रियो। पैसाको खोलो बगाएर खेलाडिलाइ आफ्नो तर्फ मिलाउने, मुख थुन्ने परम्पराको चै थालनी गरे । यी खेल राजनितिका चतुर खेलाडिको युग अव लगभग सकिएको छ। एएफसिले नी निलम्बित गर‍ेपछि अहिले दारा विनाको सिंह भएर थन्किएका छन। यसरि गणेश थापा युग नेपाली फुटबलमा समाप्त भएको छ।
खेल  मिलेमतोको कारण खेलाडि पनि कारवाहिमा पुगे पछि नेपाली फुटबलमा सन्नाटा छायो। नेपाली खेलप्रेमिको मन त यतिसम्म भाँचियो कि खेलाडिलाइ फाँसि दिनु पर्छ भन्ने माग धेरै उठ्यो। नेपाली फुटबललाइ पुनःजागरण गर्ने क्रममा नयाँ टिमसेटको जन्म भयो जहाँ स्थान पाए युवा तथा प्रतिभावान खेलाडिले । फुटबलको यो प्रकरण पछि पहिलो प्रतियोगिता भयो भारतमा भएको १६ औ साफ च्यान्पिएन सिप जसमा नेपाल पहिलो चरणमै बाहिरियो ।त्यसपछि बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, साफ फुटबलमा स्वर्ण पदक, यु१९ साफ फुटबल अनि हालै भएको एएफसि सोलिडिसाटिकपमा नेपालले गरेको उच्च प्रदर्शन।यि उच्च प्रदर्शनको कारण नै उक्त फिक्सर टिमको बहिरगमनलाइ मानिएकोछ। थापा युगको पिजंडमा कैद नेपाली फुटबल अहिले स्वतन्त्रताको आकासमा उडिरहेको छ।
साथै अखिल नेपाल फुटबल संघले समेत नयाँ नेतृत्वको रुपमा नरेन्द्रराज श्रेष्ठलाइ पाएको छ। आशा छ नवनिर्वाचित अद्यक्षको काँधमा अब ठोस योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारि आएको छ। खेल मैदानको व्यवस्था,क्लवहरुको नियमित अनुगमन र अभिभाकत्व, खेलाडिको व्यावसायीक पक्ष, प्रशिक्षक तथा व्यवस्थापनमा चरम सुधार गर्दै फुटबलबाट देखको स्वाभिमान उचाँ पार्ने, राष्ट्रिय एकता निर्माण गर्ने काममा होमिने हुनुु हुने छ।

Wednesday, November 9, 2016

राष्ट्रवादको लहरः ट्रम्पको विजय

donaldविश्वव्यापीकरणको कारणले हरेक नागरिकको उग्रराष्ट्रवाद द्धितीय विश्वयुद्धको कारणले कम हुदै गएको थिए। खुल्ला बजार निति, एक विश्व एक देश, महासंघ जस्ता कारणले हरेकले राष्ट्रप्रतिको अपनत्व त्यति धेरै आवश्यक नरहेको महसुस गरेका थिए ।तर पछिल्ला विषेश गरि दुइ घटनाले अब मानिस विश्व भुमण्लीकरणबाट क्रमश राष्ट्रवाद तर्फ ध्यान दिन थालेको स्पष्ट हुन‍्छ । प्रथम गत वर्ष वेलायती जनताले इयुबाट छुट्टिने गरेको निर्णय र अहिले "Our America, We American" पक्षधरका डोनाल्ड ट्रम्पको विजय।

यी कुराहरुबाट आफ्नो जमिनबाट मात्र आफ्ना नागरिकले फाइदा लिनु पर्छ भन्ने मान्यताबाट प्ररित भएर यी दुइ घटना भएको देखिन्छ। अमेरिका भौगोलिक हिसाबले मेक्सिको क्यानाडा र क्युवाको छिमेकी देश हो तर उसको सुचाना प्रणालीको विकास, आर्थिक विकास र राजनितिक, शैन्य शक्तिले गर्दा विश्वको सबै देशको आकाशिय छिमेकि बन्न पुगेको छ यसर्थ उसका हरेक निर्णय बांकि विश्वले चासो मानेर हेरि रहेको हुन्छ।हामि जमिनमा खुट्टा टेक्छौ तर आकाश भने अमेरिकाको नियन्त्रणमा छ।हामिले फेर्ने हावामा अमेरिका मिसिएको छ। मोवायल रेडियो टेलिभिजन इमेल इन्टरनेटका तरङ्गहरु हावामा फैलिएका छन जसमा अमेरिकी अपनत्व छ। भुउपग्रह उनीहरुकै छ। हामिले अमेरिकाकै कारणले फ्रिमा फेसबुक ट्विटर चलाउछौ।सस्तोमा इन्टरनेट सुविधा लिएका छौ। हाम्रो दैनिक जिन्‍दगि अमेरिकन उत्पादन बाटै सहजीकरण र चलेको हामि सबैले अनुभव गरेकै छौ। त्यस कारण अमेरिकाका हरेक निति बांकि विश्वले चासोको विषयले हेरिरहेको छ। एउटा सवाल सधै उठ्छ। अमेरिकाको राष्ट्रपति अमेरिकाकै राष्ट्रपति मात्र हो या विश‍्वकै हो? विश्वकै हो भनौ भने सबै देश सार्वभौम सम्पन्न छन। होइन भनौ भने ह्वाइटहाउसको निर्णय सानो भन्दा सानो देशको चुलोसम्म असर पार्ने खालको हुन‍्छ। चुनावि प‍्रचार अभियानमा ट्रम्पले धेरै जसो अमेरिकन स्वार्थकै कुरा गरिरहे जुनकुराले उनले अमेरिकाको हितमा भएकै कुरालाइ अगाडि सार्ने कुरो गरेका छन। यता हिलारिले विश्व जगतमै अमेरिकाको प‍्रभाव भएकाले विश्वका सबै समुदाय अमेरिकाले रेखदेख गर्नु पर्ने अवधारणामा जोड दिएको पाइन्छ। 
अमेरिकामा आप्रवासिहरुद्धारा धेरै जागिर लुटिएको र त्यो बास्तविक अमेरिकनलाइ नै फर्काउने आश्वाशनले अहिले डोनाल्ड ट्रम्पले जितेका छन। उनी आफुलाइ विश्वको शक्तिशाली नेता हैन अमेरिकाको मात्र राष्ट्रपति भएर अमेरिकनकै भलो गर्ने भन्ने उद्गार गरेका छन जसकै कारण आज ह्वाइट हाउसमा उनको प्रवेश हुन सक्यो । खासमा उनले अहिले चुनावी घोषणापत्रमा भनेका कुरा केहि बर्ष पहिला प्रकाशित Make America Great Again भन्ने पुस्तकमा लेखेकै छन। मेक्सिकोको सिमा कडाइ गर्ने , आप्रवाशिहरु नियन्त्रण गर्ने र गुमेका जागिर फिर्ता गरि फेरि अमेरिकामा आर्थिक संबृद्धि हासिल गर्ने उनका योजनाले उनलाइ राष्ट‍्रवादि ठहर्‍याइयो।बेलायत पनि विश्वको एक संवृद्ध राष्ट्र हो।यसका कति निर्णय विश्व अर्थतन्त्रको लागि प्रभावशाली रहन्छन। वेलायत एक उदारवादि देशका रुपमा गनिन्छ तर इयुबाट छुट्टिने निर्णय खुल्ला बजार व्यवस्था भन्दा उल्टो अवस्था हो जहाँ हाम्रो वेलायत हामि वेलायती भन्ने मान्यता नै प्रमुख हुन्छ। सरसरती हेर्दा वेलायतमा पनि उग्रराष्ट्र विस्तारै मौलाउदै गएको प्रष्ट हुन्छ। कुनै संगठनमा आवद्ध नरही नाफा भए आफैलाइ घाटा भएनी आफैलाइ भन्ने सोच साझेदारि पुजीवादको विरुद्धमा रहेको देखिन्छ।नेपालमा पनि केपि शर्मा वलीले राष्ट्रवादको आडमा अहिले राम्रै जनमत निर्माण गरि सकेका छन।नेपालमा त राष्ट्रवादि हुन अमेरिकामा जस्तो स्पष्ट भिजन र ठोस कार्य योजना समेत चाहिन्न मात्र भारत विरोधी निती लिए पुग्छ।देश भक्तिका उद्गार भट्याए पनि नेपाल एक सर्कलको जनमत सजिलै पाइन्छ।
२०६४ सालको चुनावमा प्रचण्ड पार्टिले पनि एक किसिमको सक नै दिएको थियो। अपेक्षित भन्दा बढिमत ल्याएर जितेका प्रचण्ड प्रधानमन्त्री भए। तर खुल्ला राजनितिको अनुभव कम भएर उनले धरै अपरिपक्वता देखाए । अहिले ट्रम्पको विजय नेपालका प्रचण्डको विजयकै झल्को दिएको छ। संयोग नै मान्नु पर्ला ट्रप्को शैली उग्र प्रकारको छ जुन हामिले प्रचण्डमा देखेका थियौ र त्यसको परिणाम भोग्यौ पनि । ट्रम्प राजनतितिमा धेरै परिपक्वता हासिले गर्नै बांकि छ। आफ्नो काँधमा आएको जिम्मेवारिलाइ उनले पुरा कसरि गर्छन भनेर उनका भोटर र बांकि विश्वले पुरै निगरानी गरि रहेका हुनेछन। राष्टवादको नारालाइ मुर्त रुप दिन उनले बोलेका शब्द हुबहु कार्यान्यन गर्न कठिन छैन। इश्लामिक देशसँग सम्बन्ध विगारेर विश्व शान्तिको कल्पना गर्न सकिन्छ। डेमोक्र्याट र तेस्रो विश्वलाइ उनले सम्मान पुर्वक समेट्न ठोस योजना ल्याउनै पर्दछ।

Tuesday, October 4, 2016

मेरो ज्यान, मासु अनि फुटबल

मैले १९ बर्षको उमेर सम्म मासु खाइन । मासुको कुरा छाडौ, मासु जस्ता देखिदा मस्यौरा,भन्टा समेत नसुघिकन खादिन थिए । तर मेरो मासु खुवाइ सुरु भयो २० बर्षको उमेरमा जो फुटबल सँग सम्बन्धित छ ।

१२ कक्षा पास गरेपछि जसरि पनि फुटबल खेलाडि बन्छु भनेर सहर पसियो । पेलेले भनेझै मेरो पनि रगत रगतमा फुटबल थियो । फुटबल खेलाडि बाहेक मैले जिन्दगिको कुनै पनि क्षण अरु बनेको कल्पना गरेको छैन। आज म जे छु ति विभिन्न संयोग र परिस्थितिका उपज मात्रै हुन। अझै पनि फुटबल क्रिकेटको नशा कायमै छ। १२ कक्षाको परिक्षा दिए पछि भक्तपुरको मध्यपुर युथ क्लवमा फुटबल सिक्न थाले । फुटबलमा मेरो रोजाइ सधै गोलकिपरको हो, म विहान देखि वेलुकि सम्म मात्र कसरि बल पकड्ने भन्ने बारेमा मात्रै सोच्थे ।थाहा छैन त्यो नशा कहाँबाट चड्यो । चड्न त चड्यो यसरि चड्यो न दिनमा फुर्सद न राति निदाउनै सकियो । जिन्दगिमाको कम्तिमा एक दिन म यस्तो मोडमा पुगे मलाइ लाग्यो कि म खेलाडि बन्छु कि म बहुलाउँछु ।त्यहि दिन म भक्तपुरको गठ्ठाघरमा भर्खरै स्थापित मध्यपुर युथ क्लवमा भर्ना भए ।यो २०६३।६४ को कुरा हो । म सानै देखि ख्याउटे, ज्यान एकदम पातलो, फु गर्दा ढल्ने भन्छन नी, बाँस जस्तो, लुरे,पातलोको लागि जति जति उपनाम छन त्यो सबै मेरै लागि बने झै लाग्थे ।
विस्तारै वेलुका २ घण्टाको अभ्यासमा सहभागि भईयो । हाम्रो सिनियर गुरु हुनुहुन्थ्यो उपेन्द्रमान सिंह । उहाँको पहिलो मेरो नोटिस नै मेरो ज्यानमाथि पर्यो । उहाँले भन्नु भयो यस्तो ज्यानले खेल्न गार्हो हुन्छ । डाइट पेल्नु परो । डाइटमा उहाँले चना अण्डा मासु लगायत को लिस्ट दिनु भयो । मैले भने गुरु म त भेज हुँ । त्यस पछि गुरुले अब ज्यान बनाउनु पर्यो । यस्तो ज्यानले त तिमिलाइ नै बलले गोल गर्दिन्छ भन्नु भयो । त्यस पछि अलि अलि गरेर मासु खाने विचार गरे ज्यान मोटाउट कि भनेर । खान त खान थाले तर निकै जवरजस्ती । करकापमा खाएकोले ज्यानमा लाग्नु त कता कता पेटमा खाको अरुनि बमिटबाट आउन थाल्यो । सुरु सुरु मा त बमिट भयो । अलि अलि गर्दै रस बाट सुरु गरेर खान थाले । के को मोटाउनु, ज्यान जस्ताको तस्तै । जे होस मुखमा परि हाल्यो, घरमा दशैमा गको बेला अलि अलि मुख जुठो गरियो मासुले ।

अहिले पनि मासु म खान जान्दिन । अलिकति बढि चपाउनु परेमा मलाइ बमिट हुन्छ। हाडमा टाँस्सिएको मासु खान जान्दिन । मासु हातमा लिए पछि यो कान हो कि जिब्रो हो,आँखा पो हो कि, कि खसिको त्यो अण्डकोष हो भन्नी लाग्छ अनि कसैले नदेख्‍ने गरि थालको तल राखिदिन्छु । जे होस अब म साकाहारि रहिन । पुर्ण मांसाहारि पनि रहिन। मासु खान रहर लागेको रेकर्ड छैन । घरमा ल्याएको वेला मेरा लागि छुट्टै तरकारि बन्ने वातावरण पनि रहेन ।

स्वास प्राण भएको एक जिवको हत्या गरि त्यसको मासु हाड खानु कस्तो हिंस्रक झै लाग्छ । यो इको सिस्टम त यसै गरि चलि रहेको छ । हामि हाम्रो स्रोत उसै गरि चलि रहेका छन। आज जसरि सडकमा कुकुरहरु भोतारिएका छन त्यसै गरि खसि बाख्रा कुखुरा भौतारिएलान। जसरि पनि उनीहरुलाइ मान्छेले पाल्दैनन। भोकमरिले मर्दछन। धरै गरिव कृषक खसि वेचि दशै मान्दछन । त्यही खसि काटि मासु वेचि बच्चा बच्चीलाइ चंगा किनिदिन्छन। त्यो बच्चा चौरमा गै कति खुसिले चंगा उडाउछ। कति खुसिले त्यहि मासु बेची किनेको लुगा लगाइ फाराक फुरुक गरि यता उता दगुर्छ। मलाइ लाग्छ त्यो पाप हैन। यो संसारमा जिवात्माहरुको सृष्टि यसरि भएको छ जसमा सबै अटाएका छन। जसमा सबैले जिउने मौका पाउँछन। जंगलमा एउटा बाघ बस्छ जसले बाँच्न मृग मार्नै पर्छ। यदि बाघले मृग मार्न छाडेमा के हुन्छ? एक दिन मृगले चै बाघ मार्ले दिन आउला। मान्छेले मासु खान छाडे के हुन्छ? बाख्रा पाठा पशु पंछिको नाश हुनेछ, संसारको निति विग्रएला । मलाइ लाग्छ जे भइ रहेको छ प्रकृतिको नियम अनुसार नै भई रहेको छ ।

यो हैन कि म मा संवेदना छैन । दशै अघि काट्न ठिक पारिएको खसिको आखामा आँसु देखिन्छ। आफ्नै छेउमा आफ्नो साथि काटिएको देख्दा उ कति आत्तिन्छ । म कल्पनै गर्न सक्दिन। मासु नखाए के हुन्छ? पक्कै मान्छेको प्राण जादैन। इको सिस्टम चलाउनकै लागि मासु खानु पर्ने वाध्यता पनि छैन ।पक्कै मान्छेकै रहरले त खाइ रहेको छ। आफ्नै स्वादको लागि आफ्नै फाइदाको लागि । जसरि हामिलाइ हाम्रो ज्यानको माया छ उसै गरि जनावरलाइ पनि त होला । हामिले जनयुद्धमा विभिन्न कहाँनी कथा माओवादि सैनिकका क्रुरता सुनेका छौ नि, फलानो ठाउँमा माओवादिले उसकै श्रीमतिका अगाडि घाँटि सेरे । सेनाले उसकै लोग्ने अगाडि बलात्कार गरे इत्यादि। कति मन दुख्छ। के यो जनावरमा पनि रहन्छ? के जनावरको यो पिडामा सहानुभुतिको एक अंश मानवमा रहन सक्छ? मासु खाने जति सब हिंसा प्रेमि हुन अथवा मासु नखाने जति सब शान्ति प्रेमि हुन? यो मनोविज्ञकले केलाउलान। मासुको फाइदा बेफाइदा डाक्टरले केलाउलान । म चै यति केलाउछु कसरि मेरो मासु खाने परम्परा फुटबलसँग जोडिएको छ। अस्तु । धन्यवाद।